कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सिंगारियो लुम्बिनी [फोटोफिचर]

मनोज पौडेल

लुम्बिनी — २५६८ औं बुद्ध जयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनीमा सिंगारेर मनमोहक बनाइएको छ । मायादेवी मन्दिर रंगरोगन गरेर चिरिच्याट्ट बनाइएको छ । बाहिरी पुरातात्विक संरचनालाई सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क पारिएको छ ।

बाटो सफा गरेर सुन्दर चट्ट बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । ठाउँठाउँमा बुद्ध वचन, वाणी र पंचशीलका नयाँ तुल व्यानार टाँसिएको छ । बाहिरी गेटमा स्वागत बनाइएको छ । लुम्बिनी सिंगारिएको नयाँ बेहुलीजस्तै बनेको छ ।बुद्ध जयन्तीका सबै तयारी पूरा भएको लुम्बिनी विकास कोष सदस्यसचिव सानुराजा शाक्यले बताए । कोषका सबै कर्मचारी दिनरात खटेर काम गरिरहेको उनले बताए ।

त्यस्तै लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा आयोजित मुख्य कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल हुने बताइएको छ । कार्यक्रमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङ मंगलबार नै लुम्बिनी आइसकेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्