कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जनताका नाममा !

पाठक पत्र

‘आन्दोलन’ र ‘क्रान्ति’ भए जनताका नाममा
नियम बने, कानुन बने, जनताका नाममा
अभियानका भीड चले जनताका नाममा
असंख्य नै बैठक बसे जनताका नाममा

घोषणा र भाषण भए जनताका नाममा
सर्वेक्षण झन् कति भए जनताका नाममा
चुनाव भइआएका छन् जनताका नाममा
सरकार आइरहेका छन् जनताका नाममा

योजना र कार्यक्रम छन् जनताका नाममा
पार्टी, नेता, कार्यकर्ता जनताका नाममा
सुविधा छन् अनेकथरी जनताका नाममा
थपिँदो ऋण, भ्रष्टाचार नि जनताका नाममा

कुशासन र अन्यायको पहाडजत्रै भारी
बोकीबोकी बाँचेको फेरि बेरोजगारी
जसरी नि बाँच्न खोज्ने कठै यो नेपाली
जति सम्झ्यो मनमा आउँछ निराशा नै खालि
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : फाल्गुन ११, २०८० ०६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×