रूढिवादमा सुधार कठिन

पाठक पत्र

राजधानी काठमाडौंको सडकमा दायाँबायाँ हेर्दै एकाध घण्टा हिँड्ने हो भने धामीधाँक्री, ज्योतिषी र फुकफाकेहरूले ब्यानर टाँगेर धन्दा चलाइरहेका ठाउँहरू सजिलै भेटिन्छन् ।

सहरमा त यो हाल छ भने गाउँटोलमा यिनको दबदबा कति होला भनेर सजिलै अनुमान लगाउन सकिन्छ । यो समाजमा आज पनि आधुनिक र वैज्ञानिकतामा आधारित उपचार गरिने अस्पताल जान छाडेर धामीझाँक्रीको लाइन लाग्ने झारफुक तथा भाग्यवादमा विश्वास गर्ने मानिसको जमात भएकैले रूढिवादग्रस्त परिवेश बाँकी रहेको हो ।

सस्तो र सजिलो उपचारका नाममा अपनाइने अमानवीय र अवैज्ञानिक हर्कतका कारण उपचारकै क्रममा रोगीको मृत्यु या घाइते भएका घटनाहरूका बारेमा सामाजिक सञ्जालहरूमा समाचार आइरहेको भए पनि मानिसहरूले यो विषयमा गम्भीर भएर नसोच्नु भनेको उदेकलाग्दो अवस्था हो ।

यस्ता अमानवीय हर्कत र रूढिवादको जरा र हाँगाबिँगालाई निमिट्यान्न पार्न लाग्नुपर्ने जिम्मेवार नेताहरू नै ज्योतिष वा स्वामीहरूको निर्देशनबिना एक पाइला अघि सर्दैनन् भने यिनले देशमा सञ्चालित शिक्षा एवं विज्ञानको विकासका लागि केही सुधारका योजना ल्याउलान् भनेर आसै गर्न सकिने अवस्था छैन ।

आम मानिसले रचनात्मक ढंगले जब सोच्न सक्छन् बल्ल ठीक बेठीक के हो निष्कर्षमा पुग्न सक्छन् । यही घोकन्ते र अर्थ न बर्थका शिक्षाले त अझै भाग्यवादी र रूढिवादी समाजकै निरन्तरता पछ्याउने हो । दुःखका साथ भन्न करै लाग्छ । झारफुकेहरूको अतिक्रमण यसपश्चात् पनि सजिलै अन्त्य हुने अवस्था छैन ।
– कृष्ण कुम्पुरे, आदमटार, धादिङ 

प्रकाशित : जेष्ठ ९, २०८० ११:४२
प्रतिक्रिया
पठाउनुहोस्

'कसरी भाइरल भइरहेछ अन्धविश्वास ?’ सम्पादकीयमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

समस्या के हो भन्ने मान्छेलाई थाहा हुन्छ । यस्ता नीच सोच राख्नु हुँदैन ।– सुशान्त धिराजन खड्का

भगवान् भन्नुस् या अदृश्य शक्तिले तपाईं हाम्रो अस्तित्व यस संसारमा छ । हाम्रो भौतिक आँखाले नदेखिने अदृश्य संसारको अस्तित्वलाई स्वीकार्न सकिएन भने जीवनको उत्तरार्धमा पीडा र छटपटी अवश्य भोग्नुपर्ने हुन्छ ।
– सुरेन्द्र महर्जन

जीवनयापनका लागी सबैले आफ्नो दोकान/विद्यालय खोल्न चाहन्छन् । सरकारको निगरानी आवश्यक छ ।
– राज नेगी तामाङ

जब विज्ञानको सीमा सकिन्छ अनि सुरु हुन्छ दैवीशक्ति माथिको विश्वास । जसले भोगेको हुन्छ उसैलाई थाहा हुन्छ । अन्धविश्वास हो कि के हो भनेर ।
– ठकुरी सुमित

प्रकाशित : जेष्ठ ९, २०८० ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×