कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विपक्षीसँग संवाद गरी संसद्को गतिरोध खुलाउन माग गर्दै नेकपा एसद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौँ — सत्तारुढ नेकपा एकीकृत समाजवादीले विपक्षी दलसँग सार्थक संवाद गरेर संसद्‌को गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।

विपक्षीसँग संवाद गरी संसद्को गतिरोध खुलाउन माग गर्दै नेकपा एसद्वारा प्रधानमन्त्रीलाई पत्र

अध्यक्ष माधवकुमार नेपालले आइतबार प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।'प्रतिपक्षलाई छलफल र सार्थक संवादको माध्यमबाट विश्वासमा लिएर अगाडि बढ्ने विषयमा सत्तापक्षले अवश्य नै कुशलता र आवश्यक लचकता देखाउनै पर्दछ भन्ने हाम्रो पार्टीको ठम्याइ छ। हामी सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछौं– संसदका नियमित काम–कार्यवाही अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य प्रतिपक्षी दलसँग तत्काल सार्थक छलफल र वार्ता द्धारा समाधान निकाली संसदीय प्रक्रिया अगाडि बढाउनका लागि गम्भीर पहल गर्नुहोस्' अध्यक्ष नेपालको पत्रमा छ ।

कठिन खालका असहमति र द्वन्द्वसमेत वार्ता र सहमतिको आधारमा समाधान गर्न सकिन्छ भन्ने अनुभव रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले संवादबाट अघि बढ्नका लागि आफ्नो पार्टीको सहयोग हुने प्रतिबद्धता जनाएका छन् ।

'संसद् जनताका सबै प्रकारका समस्याको उठान गर्ने र घनिभूत छलफलको माध्यमबाट सरकारको ध्यानाकर्षण गराउनुका साथै समाधानका लागि मार्गदर्शन गराउने थलो हो भन्ने हाम्रो पार्टीको दृढ विश्वास छ। अहिले संसद अवरुद्धजस्तै भएको छ। संसदमा देश र जनताका समस्यामा सार्थक बहस हैन, अस्वस्थ्य आरोप–प्रत्यारोप भैरहेको छ भने सत्तापक्ष र प्रमुख प्रतिपक्षका बीचमा कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ। नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनुपर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु नि:सन्देह दुःखद छ' पत्रमा छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?