कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

दीर्घकालीन उद्देश्यका लागि एमालेसँग सहकार्य : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले दीर्घकालीन उद्देश्यका साथ एमालेसँग सहकार्य सुरु भएको बताएका छन् । उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘ऐतिहासिक रिअलाइजेसन’ भएको उल्लेख गर्दै वामपन्थी सहकार्य सुरु भएको दाबी गरे ।

दीर्घकालीन उद्देश्यका लागि एमालेसँग सहकार्य : प्रधानमन्त्री दाहाल

माओवादी वाग्मती प्रदेश अन्तर्गत केन्द्रीय सदस्यहरूको भेलालाई सोमबार सम्बोधन गर्दै दाहालले वामपन्थी सहकार्यको ढोका खुलेको भन्दै यसले एकताको आधार तयार गर्ने बताए ।

‘हामीबीच सहकार्यका लागि ऐतिहासिक रिअलाइजेसन भएको छ,’ उनले भने, ‘दीर्घकालीनरुपमा अघि बढ्ने उद्देश्यका साथ यो समीकरण बनेको छ ।’ उनले आफू र ओलीले गरेको रिअलाइजेसनबारे भने थप व्याख्या भने गरेनन् । उनले प्रतिनिधिसभामा वामपन्थी शक्तिनै बलियो भएको हुनाले गैरवामपन्थी सरकारको सम्भावना नभएको दाबी गरे । ‘गैरवामपन्थी सरकार बन्ने सम्भावना देखिँदैन’ उनले भने।

उनले कांग्रेससँग गठबन्धन हुँदा समाजवादी आधार तयार गर्ने सम्भव नभएकाले नयाँ समीकरण बनाएको समेत दाबी गरे । ‘कांग्रेससित समाजवादी कार्यक्रम अघि बनाउन सम्भव भएन,’ उनले भने, ‘अब समाजवादको आधार तयार गर्ने गठबन्धन बनेको छ । नयाँ ढंगले जानुपर्ने हुन्छ ।’

दाहाल एमाले र माओवादबीच हतारमा पार्टी एकता नहुने समेत बताए । ‘पहिले हतारमा एकता गर्दा बिग्रियो, अब पार्टी एकताका लागि हतार गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘वामपन्थीबीच दीर्घकालीन सहकार्य हुन्छ ।’

उनले अघिल्लो गठबन्धनका बेला बनेको समाजवादी मोर्चा सक्रिय हुने बताए । ‘तत्काल एमाले समाजवादी मोर्चामा सहभागी नभए पनि समर्थन छ,’ उनले भने, ‘यो सरकारका लागि सहयोगी नै बन्छ ।’

प्रकाशित : चैत्र १२, २०८० १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?