कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

लोसपा अध्यक्ष ठाकुरलाई महासचिव झाको पत्र- 'नेतृत्व गर्न अक्षम हुनुभयो, विश्राम लिनुस्'

'तमलोपादेखि लोसपा सम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेशी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि?'

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  का महासचिव केशव झाले  नेतृत्व गर्न अक्षम भएको भन्दै अध्यक्ष महन्थ ठाकुरलाई नेतृत्वबाट हट्न पत्र पठाएका छन् । उनले  ठाकुलाई नेतृत्वबाट विश्राम लिएर अन्यलाई हस्तान्तरण गर्न आग्रह गरेका छन् ।

लोसपा अध्यक्ष ठाकुरलाई महासचिव झाको पत्र- 'नेतृत्व गर्न अक्षम हुनुभयो, विश्राम लिनुस्'

आइतबार लिखित पत्र पठाउँदै महासचिव झाले अहिले पार्टी नै धरासायी भएको र अब १६ वर्षअघि कांग्रेस छोड्दै गर्दा मधेशको लागि के गर्छु भनेको र अहिले मधेशमा के भयो त्यसको मुल्यांकन गर्न भनेका छन् ।

'मधेशको नेतृत्व यहाँले गरिराख्नु भएको छ । स्व मुल्याङ्कन गर्ने बेला भयो कि ? निर्मम विश्लेषण गरेर संश्लेषित धारणा बनाउने कि अध्यक्ष ज्यू ? तमलोपादेखि लोसपा सम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? मधेशी जनतासामु श्वेतपत्र जारी गर्ने बेला भयो कि? लोसपा अझै चारवटा पार्टी (तमलोपा, सदभावना, रामसपा, नेसपा) को लिगेसी बोकेको पार्टी हो' महासचिव झाको पत्रमा छ,'अझै केही बिग्रिएको छैन अध्यक्षज्यू, गति बढाउनलाई अब गियर चेन्ज गर्ने बेला भएको छ । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर आफू विश्राम लिने पो हो कि अध्यक्ष ज्यू ? अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्ने हो कि ? इतिहासले सधैं अवसर दिदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला अध्यक्ष ज्यू ।'

झाले मधेशको राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरु केहि हुन नसकेको विश्लेषण गरेका छन् । 'त्यसकै कारण होला, मधेशमा मधेशी पार्टीहरू कमजोर भइ पुरानै एमाले, काग्रेंस जस्ता पार्टीहरू बलियो भयो । जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु उपयुक्त होला अध्यक्ष ज्यू । नभए जसरी हाम्रो पार्टी निष्प्राण हुदै छ बिस्तारै सबैले छोडेर जानेछ' महासचिव झाको पत्रमा छ,' आफ्नै आमाबुवाको पनि शरीरबाट प्राण उडेपछि सन्तानले घरबाट निकालेर जलाई दिने वा गाड्ने गर्दछ, पार्टी त्यस्तो अवस्थामा पुग्दा के होला । सिमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिउँ अध्यक्ष ज्यू ।'


प्रकाशित : फाल्गुन १३, २०८० ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?