२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

मानव अधिकारको सम्मान भएमात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन भएमात्र मुलुकमा कानुनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् । बिहीबार राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमात्र मानव अधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने बताए ।

मानव अधिकारको सम्मान भएमात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

उनले मानव अधिकारको प्रत्याभूति दिलाएर आयोग सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बन्नुपर्ने सुझावसमेत दिए ।

राष्ट्रपति पौडेलले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने क्रममा यथार्थ र प्रभावकारी अनुगमनमा जोड दिँदा अझ मानव अधिकारमैत्री हुन सघाउ पुग्ने पनि धाराणा राखेका थिए ।

राष्ट्रपति पौडेलले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायतका कुनै पनि प्रकारका विभेद हुन नदिई समानता, समावेशीता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय संकल्पलाई साकार पार्न आवश्यक रहेको बताए ।

सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

प्रकाशित : मंसिर २१, २०८० १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?