कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सर्वसाधरणसँगै मतदान गर्दै बलिउड कलाकार 

काठमाडौँ — भारतीय लोकसभा चुनावको पाँचौं चरणको मतदानमा बलिउड कलाकारको बाक्लो सहभागिता देखिन्छ । अभिनेता आमिर खानदेखि, रणवीर कपुर, दीपिका पादुकोणलगायतका थुप्रै कलाकारले मतदान गर्दै आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

सर्वसाधरणसँगै मतदान गर्दै बलिउड कलाकार 

रणवीर कपुर मतदान दिन सर्वसाधरणसँगै पंक्तिमा उभिँदा त्यहाँ उपस्थित सबै उत्साहित बनेका छन् । बलिउडकै अर्का अभिनेता प्रेम चोपडा र रणवीरलाई आफूसँगै देख्दा छेउछाउका सर्वसाधरणले उत्साहित हुँदै कानेखुशी गरेको भिडियो सामाजिक सञ्जालमा अहिले चर्चित छ ।

अभिनेता कपुर पत्नी आलिया र आमा नीतु कपुरलाई नलिई मदतान स्थल पुगे । त्यस्तै, अभिनेत्री ऐश्वर्य राय बच्चन पनि मुम्बईको मदतान केन्द्रमा एक्लै पुगिन् । मतदान केन्द्र पुग्दै गर्दाको एउटा तस्वीरमा अभिनेत्री बच्चन हातको समस्या हुँदाहुँदै पनि मतदान गर्न पुगेको देखिन्छ ।

त्यस्तै, मतदानकै क्रममा दीपिका पादुकोणका फ्यानले खुशी हुने मेलो भेट्याएका छन् । यसअघि थुप्रै कार्यक्रममा अभिनेत्री पादुकोणले आफ्नो गर्भावस्था नखुल्ने किसिमका तस्वीरहरु पोस्ट्याउँदै आएकी थिइन् । तर, सोमबार मतदान केन्द्र पुग्दा अभिनेत्री दीपिका पादुकोणको गर्भावस्थाबारे सबैले थाहा पाए ।

पति एवं अभिनेता रणवीर सिंहसँग मतदान केन्द्र पुग्दा पादुकोणको फुलेको पेट देखेर उनका फ्यान दंग बने । त्यस्तै अभिनेता शाहरुख खान पत्नी गौरी खान, छोरी सुहाना खान र साना छोरा अब्रामसँगै मतदान केन्द्र पुगे । अभिनेता आमिर खान र पुर्व पत्नी किरण राओ मदतान दिएसँगै खिचेको तस्वीर पनि उनीहरुका फ्यानबीच चर्चित छ ।

मतदानले गर्दा कति बलिउड कलाकारले आफ्ना व्यक्तिगत र छायांकन समयलाई समेत पछाडि धकेलेका छन् । 'मतदान गर्नु मेरो अधिकार हो । त्यसैले मैले मतदान गर्नका लागि मेरो कामका लागि गर्नुपर्ने यात्रालाई केही समयका लागि पछाडि धकेलेको छु, ताकि म मतदान दिन समयमै पुगुँ,'बलिउड अभिनेत्री रवीना टन्डनले लेखेकी छन्,'त्यसैले म सबैजनालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्दछु ।' सामाजिक सञ्जालमार्फत यसरी थुप्रै बलिउड कलाकारले भारतीय नागरिकलाई मतदान गर्न आह्वान गरेका छन् । चुनावकै कारण 'भूल भूलैया ३'को छायांकन पनि मतदान गरिसकेपछि मात्र गरिने निर्माण टिमले घोषणा गरेको छ ।

प्रकाशित : जेष्ठ ७, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?