२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री साउद पनि इजरायल जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।

नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री साउद पनि इजरायल जाने

बैठकपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इजरायलमा जोखिममा रहेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली त्यसतर्फ जाने तयारी भएको बताए ।

'मृतकहरुको शव ल्याउन एउटा कानुनी प्रक्रिया रहेछ त्यो पूरा भएपछि आउँछ,' उनले भने, 'बाँकी घाइते, जोखिममा रहेका र अन्य नेपालीहरुको हकमा स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्रीजी आफैं त्यसतर्फ जाने तयारीमा हुनुहुन्छ ।'

उनका अनुसार बुधबारै राति मन्त्रीसहितको टोली विमान लिएर इजरायल जाँदैछ ।

प्रकाशित : आश्विन २४, २०८० १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?