२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

देउडा र गौरा विदेशसम्म फैलिएको छ : देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम र कर्णाली प्रदेशको देउडा र गौरा नेपालदेखि विदेशसम्म फैलिएको बताएका छन् । उनले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने घोषणा गर्न आफूले पहल गर्ने बताए । 

देउडा र गौरा विदेशसम्म फैलिएको छ : देउवा

गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा बिहीबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘देउडा नृत्य र गौरा पर्व अहिले सुदूरपश्चिममा मात्रै होइन, कर्णाली र नेपालका साथै भारतको उत्तराखण्डका केही भागहरूमा समेत फैलिएको छ । सबैतिर गौरा पूजा गरेर पर्व मनाउने चलन बसेको छ । हामीकहाँ चर्चित देउडा नृत्य पनि उत्तराखण्डसम्म फैलिएको छ । यसकारण देउडा र गौरा पर्व देशमामात्रै होइन, विदेशसम्म पनि फैलिएको छ ।’

उनले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गरेर मनाउने विषयमा आफू सकारात्मक रहेको बताए । उनले कुन दिनलाई गौरा पर्व मनाउने विषयमा यकिन भए सरकारले त्यही दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्ने बताए ।

प्रकाशित : भाद्र ७, २०८० १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?