कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महानगर प्रमुखलाई कारबाही गर्न प्राधिकरणलाई बाटो खुला 

काठमाडौँ — उच्च अदालत, पाटनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिक उड्डयन प्राधिकरण विरुद्धमा हालेको रिट खारेज गरीदिएको छ ।

महानगर प्रमुखलाई कारबाही गर्न प्राधिकरणलाई बाटो खुला 

महानगर प्रहरीले जेठ ३२ मा सिनामंगलस्थित प्राधिकरणको स्वामित्वमा भएको जग्गाको फेन्सिङ जाली भत्काएर नियन्त्रणमा लिएको थियो । उक्त कार्य नियमविपरीत भएको जनाउँदै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले असार १ गते महानगर प्रमुख शाहलाई ७ दिने स्पष्टीकरण सोधेका थिए । महानगर प्रमुख प्राधिकरणको निर्णयविरुद्ध उच्च अदालत पाटन पुगेका थिए ।

अदालतले असार ७ गते महानगर प्रमुखलाई मागदाबी बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेशमात्रै जारी गरेको थियो । उक्त मुद्दामा बुधबार अन्तिम फैसला गर्दै अदालतले महानगर प्रमुखको रिट खारेज गरिदिएको छ । योसँगै प्राधिकरणलाई महानगर प्रमुख शाहमाथि कारबाही गर्न बाटो खुला भएको छ ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, महानगर प्रमुख बालेन्द्रले अबको ७ दिनभित्र प्राधिकरणद्वारा ०८० असार १ गते सोधिएको लिखित स्पष्टीकरणको जवाफ पेस गर्नु पर्नेछ । अन्यथा उनलाई महानिर्देशक अधिकारीले नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजारसम्मको जरिवाना तोक्न सक्ने छन् ।

प्रकाशित : भाद्र ६, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?