२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

धावनमार्गमा जहाज अड्किँदा ५० मिनेट काठमाडौं विमानस्थल बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंबाट दिल्लीका लागि उड्ने तरखरमा रहेको एयर इन्डियाको विमान त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा अड्किँदा मंगलबार ५० मिनेट विमानस्थल बन्द भयो ।

धावनमार्गमा जहाज अड्किँदा ५० मिनेट काठमाडौं विमानस्थल बन्द

उक्त जहाज धावनमार्गमा अड्किएका कारण धनगढीबाट काठमाडौं आउँदै गरेको जहाज भैरहवा र नेपालगन्जबाट काठमाडौं आउँदै गरेको अर्को जहाज पोखरा डाइर्भट भएका थिए ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार कोटेश्वरतर्फको धावनमार्गबाट उत्तर हुँदै पश्चिमतर्फ उड्ने तयारीमा रहेको एयर इन्डियाको एयरबस ए३२० विमानको पाङग्रामा समस्या देखिएपछि उक्त जहाजलाई तानेर फेरि विमानस्थलको पार्किङमा ल्याइएको थियो ।

‘दिउँसो ४ बजेर १३ मिनेटमा १ सय ७९ यात्रुसहितको एयर इन्डियाको जहाज कोटेश्वरतर्फको धावनमार्गको विन्दुमा अड्किएपछि झन्डै ५० मिनेट आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भए,’ प्रवक्ता झाले भने, ‘त्यो जहाजलाई ट्याक्टरले तानेर पार्किङमा ल्याउँदा ५ बज्यो ।’

उनका अनुसार धावनमार्गमै ठूलो जहाज अड्किएपछि कतार र बैंककबाट आउँदै गरेका दुईटा अन्तर्राष्ट्रिय विमान सिमराको आकासमै होल्ड (फल्को लगाउने ) मा राख्नु परेको थियो । त्यस्तै ६ वटा आन्तरिक उडानका जहाज पनि काठमाडौं अवतरण हुन नसकेर सिमरा र काठमाडौं आसपासको आकासमा होल्डमा राखिएका थिए ।

त्यसैगरी धनगढीबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको बमबार्डियर ड्यास–४०० जहाज पोखरा र नेपालगन्जबाट आउँदै गरेको यतिको एटीआर जहाजले भैरहवामा आकस्मिक अवतरण गर्नु परेको थियो ।

ल्याण्डिङ गियरमा समस्या देखिएको एयर इन्डियाको जहाजलाई प्राविधिकहरुले बनाएपछि त्यो विमान साँझ साढे ७ बजे सबै यात्रु लिई दिल्ली फर्केको थियो ।

प्रकाशित : श्रावण ३०, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?