२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

माओवादीले घोषणा गर्‍यो तीन महिने रुपान्तरण अभियान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ । 

माओवादीले घोषणा गर्‍यो तीन महिने रुपान्तरण अभियान

अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् । 'नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन हुने छ । अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुनेछ' केन्द्रीय सदस्य राजन दाहालले भने, 'सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदा नगर्ने अभियान छ पार्टी पङ्तीलाई सहभागी गराउन काम हुनेछ । '

दाहालका अनुसार पार्टी काम सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने रहेको बताए ।

प्रकाशित : श्रावण २१, २०८० १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?