सिरोहियामाथि राज्य शक्तिको दुर्व्यवहार एउटा सामान्य घटना मात्रै होइन : सांसद राणा

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

Abuse of state power on Sirohia is not a common occurrence: MP Rana

काठमाडौँ — सांसद तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको राज्य शक्तिको दुर्व्यवहार एउटा सामान्य घटना मात्रै नभएको बताएका छन् ।

सिरोहियालाई राज्यले समाचार लेखेको प्रतिशोधको आधारमा मंगलबार पक्राउ गरेपछि सांसद राणाले सामाजिक सञ्जाल एक्समार्फत उक्त प्रतिक्रिया दिएका हुन् । राणाले लेखेका छन्,‘यो राज्य सिर्जित आतंक हो । शासकीय शक्तिको आडमा गरिएको घोर दमन हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको खिलाप हो । यसको म भर्त्सना गर्दछु ।’

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully