स्वतन्त्र प्रेसमाथि प्रहार : लोसपा वरिष्ठ उपाध्यक्ष सोनाल

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

Attack on independent press: LOSPA senior vice president Sonal

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष जीतेन्द्र सोनालले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई अनुसन्धानका नाममा पक्राउ गर्नु स्वतन्त्र प्रेसमाथि प्रहार भएको बताएका छन् । 

उनले अनुसन्धानका लागि जुनसुकै समयमा पनि सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै पनि कान्तिपुर मुख्यालयमा पुगेर सिरोहियालाई पक्राउ गर्नु दुःखद् र दूर्भाग्यपूर्ण घटना भएको बताए । 

‘कान्तिपुरले सहकारीको रकम हिनामिना गरेको विषयमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाइरहेकै बेला कैलाशजीलाई पक्राउ गरी स्वतन्त्र प्रेसमाथि प्रहार गरेको छ,’ उनले कान्तिपुरसँग कुरा गर्दै भने, ‘लोकतन्त्र र परिवर्तनको पक्षमा लड्दै आएको कान्तिपुरलाई कमजोर गराउन राज्यले यो कदम चालेको छ । यो गैरलोकतान्त्रिक चरित्र हो ।’

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully