काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् ।
उनले समाजिक सञ्जाल एक्समा धारणा राख्दै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई पक्राउ गर्नु अस्वीकार्य कदम भएको बताए । ‘कसैलाई पनि भन्नु पर्छ र ?कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ?’ उनले भनेका छन्, ‘यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् ।’
