२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

काभ्रेको महाभारतमा दम्पती मृत फेला 

काभ्रे — जिल्लाको महाभारत गाउँपालिका ४ तीनखुट्टेमा दम्पती मृत अवस्थामा फेला परेका छन् । मंगलबार सवा ४ बजेतिर तीनखुट्टेका ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकैमाया बल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

अस्थायी टहरामा राखिएको किराना पसलमा मानबहादुर र नजिकै रहेको होटल कोठामा केकैमाया मृत अवस्थामा फेला परेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?