काठमाडौँ — एमाले नेता योगेश भट्टराईले कसैलाई पनि प्रतिशोध लिएर कारबाही गर्न नहुने बताएका छन् ।
‘न्यायिक निरुपणको हिसाबले कहीं कमीकमाजेरी छन् भने अदालतले हेर्ने हो । कानुनको नजरमा सानो ठुलो हुन्न । हिजोको कमीकमजोरी छ भने कानुनतः सफाइ लिने प्रक्रियामा जानुपर्छ । तर, आग्रहपूर्वक ढंगले चाहे त्यो संचारमाध्यम होस्, चाहे नागरिक त्यसमाथि जबर्जस्ती गर्न हुन्न । राज्यले सबैसँग समान व्यवहार गर्नुपर्छ,’ भट्टराईले कान्तिपुर टीभीसँगको कुराकानीमा भनेका छन् ।
मिडिया स्वतन्त्र, निष्पक्षताका साथ समाचार दिने विश्वास भएकाले यसलाई बचाउने दायित्व राज्यको पनि हो भन्दै भट्टराईले भने, ‘कानुनको कार्यान्वयन गर्ने ठाउँमा बसेकाहरुले हप्काउने, दप्काउने काम गर्न हुन्न ।’
कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार प्रहरीले प्रकाउ गरेको सन्दर्भमा भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन् ।
