२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

शंकर आचार्य

पर्सा — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १८ वर्षपछि मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वाका ५० वर्षीय विनयप्रसाद यादव छन् । प्रहरीले यादवलाई उनकै घरबाट पक्राउ गरेको हो । 

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

विशेष सूचनाको आधारमा कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसूर) मुद्दामा संलग्न रही फरार रहेका यादव लुकीछिपी बस्दै आएको अवस्थामा उनकै घरबाट पक्राउ परेका हुन् । यादवमाथि कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

यादव समेतले २०६३ साउन १२ गते पर्सा साविक लखनपुर गाविस वडा नं ९ हाल परिवर्तित सखुवा प्रसौनी गाउँपालिका वडा नं.६ एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेका थिए ।

प्रकाशित : जेष्ठ ८, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?