२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु

सुनिता बराल

महोत्तरी — महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरिले जानकारी दिए ।

दुर्घटनामा सख्त घाइते भएकी अन्सु मण्डलको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले बताए ।

प्रकाशित : वैशाख ६, २०८० १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?