२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ राजदूत छन् सङसँग भेटवार्ता गरेका थिए । पछिल्लो समय राष्ट्रपतिको उम्मेदवार चयनको विषयलाई लिएर विभिन्न पार्टीका शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ

प्रकाशित : फाल्गुन १०, २०७९ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?