कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सन् २०२२ प्रेसका चुनौतीपूर्ण : 'डिजिटल माध्यमबाट आक्रमण बढ्दो'

काठमाडौँ — नेपाल पत्रकार महासंघले सन् २०२२ नेपाली प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सवालमा निकै चुनौतीपूर्ण बितेको जनाएको छ । नयाँ प्रविधि र शैलीको विकाससँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका घटनामा पनि नयाँ–नयाँ तरिका अपनाइएको र त्यसैगरी चुनौतीहरु पनि थपिएको महासंघको भनाइ छ ।

सन् २०२२ प्रेसका चुनौतीपूर्ण : 'डिजिटल माध्यमबाट आक्रमण बढ्दो'

‘समाचारमा असहमति राख्ने व्यक्ति वा समूहले सञ्चार संस्था र पत्रकारमाथि नयाँ–नयाँ तरिका अपनाएर आक्रमण गर्नेक्रम सुरू भएको छ । यसले नेपाली पत्रकारिता क्षेत्रमा चुनौती थपेको छ,’ महासंघका महासचिव रोशन पुरीले विज्ञप्तिमार्फत भनेका छन् ।

महासंघले यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारले सञ्चारसम्बद्ध कानुनहरू ल्याए पनि त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गर्नेभन्दा पनि संविधानको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि नै चुनौती थपेको जनाएको छ ।

‘अघिल्लो वर्षमा भन्दा फरक यो वर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भयो । अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा हृयाक गर्ने काम भएको छ,’ महासंघले भनेको छ, ‘यो वर्ष प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना घटेका छन् ।’

त्यस्ता घटनामा परी १३२ जना पुरुष र १८ जना महिला पत्रकारसहित ६ वटा सञ्चारसंस्था प्रभावित भएका छन् । यो अघिल्लो वर्षको तुलनामा भने कम हो । सन् २०२१ मा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना अभिलेख भएका थिए । ती घटनामा १९० जना पत्रकार तथा ४ सञ्चारमाध्यम प्रभावित भएका थिए ।

यो वर्ष गिरफ्तारी ३, कब्जा अवरोध ७, धम्की २२, आक्रमण ७, पेसागत असुरक्षा ११, नीतिगत बन्देज १, लैंगिक हिंसा १ र विस्थापनका १ घटना भएका छन् ।

प्रकाशित : पुस १६, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतिप्रति तपाईंको के टिप्पणी छ ?