कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल गर्न खुमलटारमा ओली

काठमाडौँ — मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । 

मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल गर्न खुमलटारमा ओली

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुगेका हुन् ।

पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

प्रकाशित : पुस १३, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?