कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् ।

पुस २५ गतेका लागि संघीय संसद्‍‌को अधिवेशन आह्वान

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।

प्रकाशित : पुस १२, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?