१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

दाहालले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । 

दाहालले लिए प्रधानमन्त्रीको शपथ

दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईहरू उपस्थित थिए । त्यस्तै पूर्वमन्त्रीहरू तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि शपथ ग्रहण समारोहमा उपस्थित थिए ।

यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट-पेन्टमा शपथ ग्रहण गरेका थिए ।

प्रकाशित : पुस ११, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?