२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो छ : कांग्रेस महामन्त्री थापा 

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरेका छन् ।

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो छ : कांग्रेस महामन्त्री थापा 

सोमबार नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन पोखरामा पत्रकार बसन्त बस्नेतसँगको कुराकानीमा महामन्त्री थापाले नेपालको राजनीतिमा एउटा पूर्वप्रधानमन्त्रीले अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिने परिपाटी हाबी भएको बताए ।

‘एउटा पूर्वप्रधानमन्त्री अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा सामान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ,’ महामन्त्री थापाले भने ।

छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रिय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाए । ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो । निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो । पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भने ।

उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने बताए । ‘हार जितको कुरा एकछिन आयो, गयो । नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो । त्यो कुरा फेरि बनाइन्छ । हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौं,’ महामन्त्री थापाले भने ।

प्रकाशित : पुस ११, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?