२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

रास्वपा दाबी : उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालय

रवि लामिछानेले भने- 'सत्ता गठबन्धनको बैठकपछि मन्‍त्रीहरूको टुंगो लाग्छ'

काठमाडौँ — राष्ट्रिय स्वतन्‍त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन् ।

रास्वपा दाबी : उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालय

अहिले नयाँ बानेश्वरस्थित संघीय ससंद् भवनमा बसिरहेकको सत्ता गठबन्धनको बैठकपछि कुन पार्टीले कुन मन्‍त्रालय पाउने भन्ने टुंगो लागेपछि सबै कुरा स्पष्ट हुने बताइएको छ ।

इकान्तिपुरसित छोटो कुराकानी गर्दै सभापति लामिछानेले भने,'अहिले संसद् भवनमा बैठक बस्दै छ । म त्यहाँ जाँदैछु । बैठकपछि मात्रै सबै कुरा भन्नु उचित होला । '

उनले रास्वपाले कुन मन्त्रालयले पाउने भन्ने टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने जानकारी दिए ।

प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।

प्रकाशित : पुस ११, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?