कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनबाट बधाई तथा शुभकामना

काठमाडौँ — नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । दाहाललाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनबाट बधाई तथा शुभकामना

दाहाललाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको दाहालको सचिवालयले जनाएको छ ।

दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले प्रधानमन्त्रीको रुपमा सोमबार अपराह्न ४ बजे शीतल निवासमा शपथ लिने छन् ।

‘चीनले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिन चाहन्छु भन्दै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने अपेक्षा गरेको छ,’ सचिवालयका एक सदस्यले भने । ती सदस्यका अनुसार भारतका राजदूत श्रीवास्तवले पनि दाहाललाई बधाई दिँदै दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउँदै उचाईमा पुर्‍याउने उल्लेख गरेका छन् ।

प्रकाशित : पुस १०, २०७९ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?