३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

बालकोट बैठकमा सिके राउत पनि मिसिए

काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा राउत प्रवेश गरेका हुन् ।

बालकोट बैठकमा सिके राउत पनि मिसिए

उनलाई बालकोटबाटै बैठकमा सहभागी हुन दलका नेताहरूले आग्रह गरेका थिए । त्यसपछि उनी बालकोट पुगेका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् ।

बालकोटमा एमालेसहित माओवादी, राप्रपा, रास्वपाका अध्यक्षहरुबीच छलफल जारी छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएकी छिन् । दुई वा सोभन्दा दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयसीमा सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरत थालेका हुन् ।

हाल प्रतिनिधिसभा (२७३)मा सरकार गठनकालागि १३७ सिट आवश्यक पर्छ । कांग्रेस (८९) लाई बाहिर राखेर एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) मिल्दा १४४ सिट पुग्छ । त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ । कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा गठबन्धन धरापमा परेपछि बालकोटमा चार दलको बैठक

प्रकाशित : पुस १०, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?