कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

महिला आयोग आन्तरिक द्वन्द्वमा फस्नु बिडम्बना : मन्त्री रेग्मी

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले राष्ट्रिय महिला आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । महिला आयोग आफैं आन्तरिक द्वन्द्वमा फसेर काम गर्न नसक्नु बिडम्बनाको कुरा भएको उनको टिप्पणी थियो । 

महिला आयोग आन्तरिक द्वन्द्वमा फस्नु बिडम्बना : मन्त्री रेग्मी

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार पत्रकार भेटघाटमा मन्त्री रेग्मीले महिला हिंसा बढ्दै जानु तर महिला आयोगले काम गर्न नसक्नु दुःखद् विषय भएको बताइन् । ‘महिला आयोग त आफै आन्तरिक द्वन्द्वमा फसेर कति काम गर्नुस् भनेर हामीले छलफल गर्दा पनि त्यहाँबाट काम हुन सकेको छैन । त्यो बिडम्बना हो,' उनले भनिन् ।

उनले मन्त्रालयमा बजेट नै नभएकाले हिंसापीडित महिलालाई आर्थिक सहायता दिन नसकेको स्पष्ट पारिन् । उनले आगामी आर्थिक वर्षको बजेटमा भने महिला हिंसा न्यूनिकरणका लागि आवश्यक बजेट हुने गरी आफूले योजना तय गरेको जानकारी दिइन् ।

'मन्त्रालयको बास्केटमा एक सुका पनि पैसा छैन । अबदेखि महिला हिंसापीडितका लागि पैसा राख्नेछु । आगामी बजेटमा थोरै बास्केट फण्ड पनि हुन्छ । ताकि त्यस्ता पीडित महिलाहरुका लागि दिन सकियोस् । अन्यथा एकदमै अप्ठ्यारो परेको महिला आउनुभयो भने पनि पकेटबाट दुई पैसा दिनुबाहेक मन्त्रालयको तर्पबाट दिन सकिँदैन । पैसा नै नभएपछि कसरी पीडितलाई राहत दिने ?’

मन्त्री रेग्मीले आफूले महिला मन्त्रालयको बजेट दोब्बर वृद्धि गरेको पनि दाबी गरिन् । ८० करोडभन्दा बढी बजेट नभएको मन्त्रालयका लागि चालू आर्थिक वर्षमा १ अर्ब ७८ करोड पुर्‍याइएको उनको भनाइ छ ।

प्रकाशित : पुस ८, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?