कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वाग्मतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

सुवास विडारी

मकवानपुर — संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।

वाग्मतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उनले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको थियो ।

शुक्रबार कानुनविद् र प्रदेश प्रमुख यादवचन्द्र शर्मासँग लामो समयको छलफलपछि उनले राजीनामा दिएका हुन् । उनले हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर शुक्रबार राजीनामा बुझाएका थिए । पार्टीको आन्तरिक छलफलको क्रममा मुख्यमन्त्रीले राजीनामा दिने बताए पनि कानुन बाध्यता नभएपछि अलमलमा परेका थिए ।

पाण्डेले ०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए । पाण्डे नेकपा एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्षसमेत रहेका छन् । ‘संविधानअनुसार मैले राजीनामा दिनुपर्ने अवस्था थिएन । तर, मैले प्रदेशसभा सदस्यको शपथ र सरकार निर्माणका लागि आवश्यक वातावरण तयार गरेर यस्तो निर्णयमा पुगेको हुँ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभामा नेकपा (एस) को दलको उपनेता समेत हुन् ।

प्रकाशित : पुस ८, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?