प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

तस्बिर : अंगद ढकाल

काठमाडौँ — प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : पुस ७, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्

अत्तरियामा सहकारी कार्यालयमा तोडफोड, ५ लाख ६८ हजार भन्दा बढी चोरी

अर्जुन शाह

धनगढी — सहकारी कार्यालय तोडफोड गरेर ५ लाख ६८ हजार भन्दा बढी चोरी भएको छ ।

कैलालीको गोदावरी अत्तरिया पहाड रोडमा गोरखबहादुर खत्रीले सञ्चालन गरेको साना किसान कृषि सहकारी संस्थाको कार्यालय तोडफोड गरेर उक्त रकम चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार कार्यालयभित्र रहेको लकर तोडेर नगद रकम चोरेको र सीसीभिटी क्यामराको डिभाइससमेत लिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । केही दिनअघि मात्र अत्तरियामा सुनचाँदी व्यावसायीमाथि गोली प्रहार गरी लुटपाट गरिएको थियो ।


प्रकाशित : पुस ७, २०७९ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×