राप्रपा केन्द्रीय नेतृत्वमा रवीन्द्र मिश्र पक्षबाट ४० जना, महामन्त्रीमा शरदराज पाठक- समाचार - कान्तिपुर समाचार

राप्रपा केन्द्रीय नेतृत्वमा रवीन्द्र मिश्र पक्षबाट ४० जना, महामन्त्रीमा शरदराज पाठक

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीमा रवीन्द्र मिश्र पक्षबाट केन्द्रीय तहमा ४० जना सहभागी हुने भएका छन् । चुनावका कारण मिश्र पक्षका नेताहरूलाई समाहित गर्न समय लागेको राप्रपाले जनाएको छ । 

यसअघि विवेकशील साझा पार्टीमा प्रवक्ता रहेका शरदराज पाठकलाई महामन्त्रीको जिम्मेवारी दिइने भएको छ । रवीन्द्र मिश्रले विवेकशील साझा छाडेपछि पाठकले पनि छाडेका थिए । काठमाडौं-१ मा प्रतिनिधिसभा उम्मेदवार रहेका मिश्रसँगै चुनावी प्रचारमा हिँडे पनि पाठकले राप्रपा प्रवेश गरेको औपचारिक जानकारी भने गराएका थिएनन् ।

राप्रपामा यसअघि धवलशमशेर जबरा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद प्रसाद महामन्त्रीको जिम्मेवारीमा छन् ।

यी हुन राप्रपामा जिम्मेवारी पाउने मिश्र पक्षका नेता

वरिष्ठ उपाध्यक्ष: रवीन्द्र मिश्र

केन्द्रीय कार्य सम्पादन समिति: निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र।

महामन्त्री: शरदराज पाठक

सहमहामन्त्री: उज्वलकृष्ण श्रेष्ठ, अमृत पुडासैनी

सहायक महामन्त्री: हरिकृष्ण अधिकारी, सौरेन्द्रबहादुर शाह

केन्द्रीय सदस्य: अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, उद्दव प्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीप प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल।

प्रकाशित : पुस ७, २०७९ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्

बढ्दो ब्याजदरविरुद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी, व्यवसायी धर्नामा

विनोद भण्डारी

विराटनगर — बैंकको चर्को ब्याजदरकाविरुद्ध सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन र उद्योग परिसंघको संयुक्त पहलमा बिहीबार दुई दर्जनभन्दा बढी वस्तुगत संघ संस्थाले विराटनगर बजार बन्दको आह्वान गर्दै नेपाल राष्ट्र बैंकको मूल गेटमा धर्ना दिए । धर्ना कार्यक्रम साँझ पाँच बजेसम्म जारी रहने उनीहरुको भनाइ छ ।

उद्योगी व्यवसायीले चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने, एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत दर दई–दुई प्रतिशत कायम गर्नुपर्ने तथा बैंक र व्यवसायलाई अलग गर्नुपर्ने माग राखेका छन् ।

उद्योगी व्यवसायीले ब्याजहदर सारो भो गरिखान गारो भो, एकल ब्याजदर कायम गर, तरलता अभाव कम गर, उद्योग व्यवसाय जीवन्त गर लगायतका प्लेकार्ड बोकेका थिए ।



प्रकाशित : पुस ७, २०७९ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×