कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

एकीकृत समाजवादी सचिवालय बैठक : वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादी सचिवालय बैठक : वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने

बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरी साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल गरिएको छ । निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको बैठकमा यही पुस ४ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसैबीच पार्टी अध्यक्ष नेपालसँग आइतबार वामपन्थी नेता वामदेव गौतमले भेटवार्ता गरी एकताबद्ध भएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष नेपालसँग लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि भेटवार्ता गरेको पार्टीले जनाएको छ ।

प्रकाशित : पुस ३, २०७९ २३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?