१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेटवार्ता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यवहाक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलयमा पुगेका थिए ।

राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यवहाक राजदूत वाङबीच भेटवार्ता

भेटका अवसरमा कार्यवहाक राजदूत वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए

‘यो निर्वाचनमा राप्रपा बलियो शक्ति बनाएर आएकोमा पनि उहाँ (कार्यवहाक राजदूत)ले बधाई दिनुभयो,’ श्रेष्ठले भने । नेपालमा आमनिर्वाचनपछि नयाँ सरकार गठनको कसरत भएसँगै काठमाडौंस्थित विदेशी राजदूतहरु सक्रिय भएका हुन् ।

प्रकाशित : पुस ३, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?