कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेस संसदीय दलको नेता चयन गर्न कांग्रेस निर्वाचन समिति गठन

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलको नेता चयन गर्न कांग्रेस निर्वाचन समिति गठन

'बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाइली रहनुभएको छ,' प्रवक्ता प्रकाशशरण महतले भने ।

त्यस्तै सातै प्रदेशमा दलको नेता र समितिको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिने निर्णय गरेको छ । सातै प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने या समर्थन गर्ने या के के विकल्प त्यहाँ उपलब्ध छन् । ती विषयलाई मध्यनजर राखेर सरकार बनाउने प्रक्रिया अघि बढाउन सबै दलहरुसँग समन्वय गर्ने र निर्देशन दिने निर्णय गरेको उनले बताए ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने निर्णय पनि गरेको छ । संविधानको व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएकोले गठबन्धन र अन्य दलहरुसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता महतले बताए ।


प्रकाशित : पुस ३, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×