२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट

काठमाडौँ — निर्वाचन आयोग प्रमुख आयुक्त र आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएपछि निर्वाचन आयोगका पदाधिकारीहरू प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको भेट

निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बिहीबार बुझाएको थियो । बालुवाटार पुगेका आयोगका पदाधिकारीले उक्त प्रतिवेदन प्रधानमन्त्री देउवालाई पनि बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए

'प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन आयोगका पदधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउनुभएको छ,' परियारले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका थिए । जवाफमा आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगले चुनाव सम्पन्न भएको प्रधानमन्त्रीलाई बताएको परियारले जानकारी दिए ।

मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पूर्ण परिणामसहितको प्रतिवेदन राष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाइएको हो ।

प्रकाशित : मंसिर २९, २०७९ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?