२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

कर्णालीमा डोजर खस्दा २ जनाको मृत्यु, ३ बेपत्ता

दुर्घटनामा तीन जना घाइते भएका छन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।
तुलाराम पाण्डे

कालीकोट — बहुचर्चित कालीकोटको फुकोट अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा काम गरिहेको डोजर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

शनिबार कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खसेको हो ।

मृत्यु हुनेमा सान्नीत्रिवेणी १ का १७ वर्षीय चरित्र विक र सोही ठाउँका १४ वर्षीय युवराज बुढा छन् ।

कर्णाली नदीमा खसेको डोजरमा रहेका सान्नीत्रिवेणी १ का उमेश गिरी, सोही ठाउँका रक्तिम विक र अछाम घर भएका चालक कमल सोडारी बेपत्ता छन् ।

दुर्घटनामा रास्कोट ७ का मिलन शाही, खाडाचक्र ११ बरातुका विवेक भारती र विकास भारती घाइते छन् । घाइतेको मान्मस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

आयोजनामा काम गर्ने क्रममा डोजर भीरबाट खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुवराज बमले बताए । बेपत्ताको खोजी भइरहेको पनि उनले बताए । उनले भने, 'अप्ठेरो ठाउँ भएकाले डोजर भीरबाट खसेको हो ।'

कालीकोटको फुकोटमा ४ सय मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सुरु खन्ने काम भइरहेको छ ।

प्रकाशित : मंसिर २४, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?