कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले सरकारमा जाँदैन, प्रतिपक्षमा बस्छ : उपाध्यक्ष  विष्णु पौडेल

‘गठबन्धनसित पनि बहुमत त छैन तर टुक्राटुक्री  जोडेर  उसैले सरकार बनाओस् । हामी हेर्छौं ।’
अमृता अनमोल

बुटवल — नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा जाने योजनामा नरहेको बताएका छन् । बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले जनमतको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाए ।

एमाले सरकारमा जाँदैन, प्रतिपक्षमा बस्छ : उपाध्यक्ष  विष्णु पौडेल

‘हामी अहिले सरकारमा जाँदैनौं । सरकारमा जान कुनै छलफल र अभ्यास पनि गरेका छैनौँ,’ उनले भने, ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो । तर प्राविधिक हिसाबले दोस्रो भएका छौं । त्यसैले सशक्त प्रतिपक्षको भूमिकामा रहन्छौं।’

उपाध्यक्ष पौडेलले आफ्नो बहुमत नपुगेका बेला जसरी पनि सरकारमा जानुपर्छ भन्ने मान्यता नरहेको बताउँदै सरकारमा जाने कुनै पहलकदमी नलिएको उनले दाबी गरे । पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले प्रतिपक्षमा बसे पनि विकास, सुशाशन र लोकतन्त्रका वकालत गरिरहने जनाए । ‘गठबन्धनसित पनि बहुमत त छैन तर टुक्राटुक्री जोडेर उसैले सरकार बनाओस् । हामी हेर्छौं,’ उनले भने ।

मन्त्री पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने बताए । ‘रुपन्देहीमा धेरै नमुना विकास सुरु भएका छन् । जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाई रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ,’ उनले भने ।

प्रकाशित : मंसिर २३, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?