कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

चासोक तङ्नाम मनाइँदै

लक्ष्मी गौतम

पाँचथर — आज उधौली पर्व अर्थात (चासोक तङ्नाम ) विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना धुमधाम साथ मनाइँदै छ ।विशेषत: यो पर्व पूर्वी नेपालमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खाहरुले मंसिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।

चासोक तङ्नाम मनाइँदै

दिवंगत पुर्खा र आ–आफ्ना आस्थाका भगवानको स्मरण गर्दै अन्न चढाउने चलन रहेकाले यो पर्वलाई न्वागी पर्व पनि भनिन्छ ।

आजको दिन क्षेत्री ब्राह्मण समुदायले धान्य पूर्णिमाको संज्ञा दिँदै गोठ पूजा गर्ने चलन छ । प्रकृति पूजकका रुपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् ।

चासोक तङ्नामका अवसरमा आज बिहानैदेखि पाँचथर सदरमुकाम फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका किरात मन्दिर हरुमा भक्तजनको भीड लाग्छ ।

यही अवसरमा किरात याक्थुङ चुम्लुङले राजधानीसहित मुलुकका विभिन्न क्षेत्रमा छलफल अन्तरक्रिया र तङसिङ तक्माको आयोजना गर्ने जनाएको छ ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्वूले चासोक र राईले उद्यौली पर्वका रुपमा मनाउँछन् ।

मुलुककमा लोकतन्त्र आएसँगै नेपाल सरकारले आजको चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक बिदा दिन थालेको छ । यस पर्वका अवसरमा पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र तेह्रथुमसहित राजधानीका काठमाडौं ललितपुर र आदीवासी जनजातीको बसोबास रहेका विदेशी भूभागमा समेत न्वागी पूजा, चियापान, सांस्कृतिक प्रतियोगिता झाँकी प्रदर्शन र वनभोज खाने कार्यक्रम आयोजना गर्ने चलन छ ।

प्रकाशित : मंसिर २२, २०७९ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×