कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावी समीक्षा र सरकार निर्माणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ । 

चुनावी समीक्षा र सरकार निर्माणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका शीर्ष नेता सहभागी छन् ।

प्रत्यक्षतर्फ १६५ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ । चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।

बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माणलगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि आंशिक रुपमा गठबन्धन गरेको थियो भने चुनावपछि सरकार निर्माण भने जनमत पार्टीसमेत सामेल हुने भएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?