कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

माओवादीसँग एकता हुने प्रचार निराधार हो : एकीकृत समाजवादी

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता हुने समाचार निराधार भएको बताएका छन् ।

माओवादीसँग एकता हुने प्रचार निराधार हो : एकीकृत समाजवादी

महासचिव भुसालले माओवादी केन्द्रसँग पार्टी एकताबारे छलफल, वार्ता वा संवाद केही पनि प्रयास नभएको बताएका छन् ।

'नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पार्न चाहन्छौं। यो प्रचार पूर्णत: निराधार हो । यसमा कुनै सत्यता छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ,' भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर १६, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?