कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन

अनियन्त्रित हुुँदै आन्दोलन । प्रदर्शनमा पाँच विद्यार्थी पक्राउ ।
अर्जुन शाह

धनगढी — स्कुले छात्राको मृत्युपछि विरोधमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित बन्न थालेको छ । कैलाली प्रशासनद्वारा जारी निषेधाज्ञा तोड्दै उनीहरू शुक्रबार प्रदर्शनमा उत्रिएका छन् ।

धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन

प्रदर्शनमा रहेकाहरूमध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।

बिहीबार बिहान ग्रेडरले कुल्चिएर धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको घटनास्थलमै मृत्यु भएको थियो । छात्राको मृत्युपछि विद्यार्थीहरू प्रर्दशनमा उत्रिएका थिए । अवस्था तनाबग्रस्त बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा मृतकका अभिभावकहरुसँग छलफल चलिरहेको भए पनि सडकमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित रहेको पञ्चोदय मावि अभिभावक संघका अध्यक्ष ज्योति भट्टले बताए । ‘परिस्थितिको ख्याल गर्दै आन्दोलन अनियन्त्रित हुन नदिन पहल गर्दै आएको भए पनि सम्हाल्न सकिएको छैन,’ उनले भने ‘विभिन्न ठाउँबाट प्रदर्शनमा रहेका विद्यार्थीहरू र पछिल्लो परिस्थितिले झन् चिन्ता बढाएको छ ।’

मृतकका अभिभावक कानुनी उपचार खोज्न सहमत हुँदै आन्दोलनमा नलाग्न भनिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘परिस्थितिलाई सहज बनाउनु सबैको दायित्व हो,’ उनले भने ।

धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीहरू शुक्रबार बिहानैदेखि निशेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका छन् । बैतडी घर भई धनगढी–५ तारानगर बस्ने छात्रा साउँदलाई हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाल प्रहरीले नियन्त्रणमा छन् ।

प्रकाशित : मंसिर १६, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×