कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

राजदूत शर्मा र भारतका 'सीडीएस' चौहानबीच भेटवार्ता

काठमाडौँ — भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय सेनाका सीडीएस (चिफ अफ डिफेन्स स्टाफ) अनिल चौहानबीच भेटवार्ता भएको छ ।

राजदूत शर्मा र भारतका 'सीडीएस' चौहानबीच भेटवार्ता

उनीहरूबीच भारतको नयाँ दिल्लीमा सोमबार भेटवार्ता भएको नेपाली दूतावासले जनाएको छ । उनीहरूको भेटको क्रममा दुई पक्षबीच चासो र भावी रक्षा सहकार्य सम्बन्धमा छलफल भएको थियो ।

गत वर्ष वीपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि नरेन्द्र मोदी सरकारले चौहानलाई ‘चिफ अफ डिफेन्स स्टाफ’ मा नियुक्त गरेको थियो । चौहानकै मातहतमा रहेर भारतीय सेनाको जल, स्थल र हवाई फौजले काम गर्छन् ।

प्रकाशित : मंसिर १३, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×