कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संयोग नै होला, अमेरिकामा पनि घण्टी चुनाव चिह्न भएको एउटा फ्रिडम पार्टी छ : ओली

'संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिह्न घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका र त्यसको चिह्न घण्टी छ । दुरुस्त आकारको फोटै खिचेजस्तो घण्टी यहाँ पनि लिएर आ'छ एउटा फ्रिडम पार्टी । '

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नाम र चुनाव चिह्न अमेरिकी पार्टीसँग मिल्ने बताएका छन् ।

संयोग नै होला, अमेरिकामा पनि घण्टी चुनाव चिह्न भएको एउटा फ्रिडम पार्टी छ : ओली

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय जनसांस्कृतिक महासंघले आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले रास्वपा र अमेरिकी फ्रिडम पार्टीको चुनाव चिह्न मिलेको भन्दै टिप्पणी गरेका हुन् ।

ओलीले रास्वपाको चुनाव चिह्न घण्टीबारे टिप्पणी गर्दै भने, 'संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिह्न घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका र त्यसको चिह्न घण्टी छ । दुरुस्त आकारको फोटै खिचेजस्तो घण्टी यहाँ पनि लिएर आ'छ एउटा फ्रिडम पार्टी । संयोग नै होला तर अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन । हावा कसैले नहाली कसरी हुप्प भयो यत्रो । केही त होला, त्यतातिर नलागौँ ।'

प्रकाशित : मंसिर १३, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?