कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा सवारी दुर्घटना‚ एक जनाको मृत्यु

सुवास विडारी

मकवानपुर — धरान–चतरा सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा-६ स्थित गौरिटारचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हेटौंडामा सवारी दुर्घटना‚ एक जनाको मृत्यु

फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक हेटौंडा-१८ का २८ वर्षीय आशिष ढकालको मृत्यु भएको हो । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार यसै वडाका २९ वर्षीय दिपु लामा घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था जटिल रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए । दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उद्धार गरेर हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मोटरसाइकललाई ठक्कर दिने बस चालक भने भागेको जनाइएको छ ।

प्रकाशित : मंसिर ९, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?