कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चितवनमा बलात्कारपछि महिलाकाे हत्या आराेपमा दुईजना पक्राउ

रमेशकुमार पौडेल

चितवन — बलात्कार गरी महिलाकाे हत्या गरेकाे आराेपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । गाेरखा सिरानचाेक ठेगाना भएका हाल भरतपुर महानगरपालिका-२ तिनखाेले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

चितवनमा बलात्कारपछि महिलाकाे हत्या आराेपमा दुईजना पक्राउ

उनका अनुसार निर्वाचनकाे दिन आइतबार बिहान ६ बजेतिर भरतपुर-२ दुर्गामन्दिर चाेककाे प्रतिक्षालय पछाडि हाट बजार लाग्ने कम्पाउण्डसहितकाे चाैरमा ५५/६० वर्षकाे महिलाकाे शव फेला परेकाे थियाे । अवस्था हेर्दा हत्या गरेकाे आशंका बढेपछि प्रहरीले स्थानीयसँग साेधपुछ र ती ठाउँमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुन सक्ने व्यक्तिकाे पहिचान गरेकाे थियाे ।

प्रहरीले पहिला सन्दिपलाई नियन्त्रणमा लिएको थियो । उनैसँग साेधपुछ गरेपछि विजयलाई भरतपुरकाे क्षेत्रपुरबाट नियन्त्रणमा लिएकाे डीएसपी पण्डितले बताए । साेधपुछकाे क्रममा दुईजनाले महिलालाई जबर्जस्ती करणी गरेकाे र पछि ढुंगाले हानेर हत्या गरेकाे डीएसपी पण्डितकाे भनाइ छ । महिलालाई प्रहार गरेकाे ढुंगाे र अन्य प्रमाणहरू पनि प्रहरीले संकलन गरेकाे छ ।

प्रकाशित : मंसिर ७, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?