२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

म्याग्दीमा १२ बजेसम्म २१ प्रतिशत मत खस्यो

म्याग्दी — दिउँसाे १२ बजेसम्म जिल्लामा २१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलका अनुसार जिल्लाभर शान्तपूर्वक निर्वाचन भइरहेको छ । 

म्याग्दीमा १२ बजेसम्म २१ प्रतिशत मत खस्यो

अधिकृत पौडेलका अनुसार बेनी नगरपालिका, ६ स्थित जामुनाखर्क माध्यामिक विद्यालय मतदान केन्द्रमा प्राविधिक त्रुटिले प्रतिनिधिसभा समानुपातिक तर्फको मतपेटिकामा खसाल्नु पर्ने १५–२० भोट प्रदेश समानुपातिक तर्फ खसेपछि खसेका मतपत्रलाई ‘निमेदा मत’ मानेर फेरि मतदान गरिएको छ ।

यसैबीच, कारागार कार्यालय मतदान केन्द्रमा उपस्थित र मतदाता नामावलीमा नाम भएका सबै मत खसेका छन् । मतदाता नामावलीमा नाम रहेका कारागारका २४ जना बन्दी, मतदान अधिकृत समेत ३ जना कर्मचारी, १ जना स्वयम्सेवक, म्यादी प्रहरी ५ र सुरक्षाकर्मी ३ जनागरी ३६ मत खसेको मतदान अधिकृत अम्बिका शर्माले बताइन् ।

निर्वाचन कार्यालयले उक्त मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी भन्दा पनि धेरै जिल्लाभरका ८ सय ६६ जना कर्मचारीको नामावली मतदाता नामावलीमा समावेश गरी पठाएको थियो । ‘कारागार कार्यालयमा मतदाता नामावलीमा रहेका सबै कैदी/बन्दी, कर्मचारी र सुरक्षाकर्मीले मतदान गरिसके । तर प्राविधिक कारणले जिल्लाभरका कर्मचारीको नामावली यहींको मतदान केन्द्रमा दोहोरिएकोले प्रतिशत थोरै देखिएको छ’ मतदान अधिकृत शर्माले भनिन् ।


प्रकाशित : मंसिर ४, २०७९ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?