नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० जनाभन्दा बढी पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र यूएईको एकदिवसीय खेलमा 'लाइभ बेटिङ' गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले इकान्तिपुरलाई जानकारी दिए ।

प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ । त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । १-१ को बराबरीमा रहेको शृखंला शुक्रबारको खेल जित्नेले जित्नेछ ।

प्रकाशित : मंसिर २, २०७९ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्

चुनावमा घर फर्कने चटारो

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आइतबार हुने आमनिर्वाचनमा मतदान गर्न काठमाडौं छाडेर घर फर्कनेहरू बढेका छन् । शुक्रबार काठमाडौंको कोटेश्वर, जडिबुटी र लोकन्थली क्षेत्रमा मतदानका लागि घर फर्कनेहरुको भीड नै लागेको पाइयो ।

एकसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । उनीहरूले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मत हाल्नेछन् । निर्वाचनमा प्रतिनिधिसभाको २ हजार ४ सय १२ र प्रदेशसभाको ३ हजार २ सय २४ जना उम्मेदवार छन् ।

प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, वाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् । साढे २१ लाख मतदाता विदेशमा रहेको अनुमान छ । ०७४ मा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकामा १ करोड ५ लाख ९३ हजार ९ सय ७१ ले मतदान गरेका थिए ।

निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति खटिएका छन् ।


प्रकाशित : मंसिर २, २०७९ १०:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×