उत्साहसाथ मतदान गर्न आह्वान- समाचार - कान्तिपुर समाचार

उत्साहसाथ मतदान गर्न आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख राजनीति दललाई आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा विगतभन्दा मतदान प्रतिशत बढाउने चुनौती देखिएको छ । प्रमुख दलले मतदातालाई आफ्नो अधिकार प्रयोग गरी सही उम्मेदवार चयन गर्न आह्वान गरेका छन् । बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले निर्वाचन प्रचार रोकिएको छ ।

गठबन्धन बनाएर प्रमुख दल चुनावी मैदानमा उत्रिएकाले मतदान प्रतिशत कम हुने हो कि भन्ने शीर्ष नेताको चिन्ता छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार भिडियो सन्देशमार्फत मतदानलाई उत्सवका रूपमा लिन सबै मतदातालाई अपिल गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूले ‘पाँच वर्षमा हुने आमनिर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी हुन’ अपिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपिल जारी गर्दै मतदानमा सहभागी हुन आग्रह गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मतदानमा उत्साहपूर्वक सहभागी भई जिम्मेवार नागरिकको दायित्व पूरा गर्न अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मताधिकारको अनिवार्य प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । राजनीतिक दलहरूले निर्वाचनका दिन मतदान केन्द्रसम्म मतदाता ल्याउन स्वयंसेवक परिचालन गर्ने जनाएका छन् ।

प्रकाशित : मंसिर २, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्सेली राष्ट्रपति कतारको समर्थनमा

एएफपी

बैंकक — फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोनले कतारको विश्वकप आयोजनालाई लिएर खेलकुदमा राजनीति गर्नु खराब विचार भएको बताएका छन् । रुसमा २०१८ मा जितेको उपाधि रक्षा गर्ने अभियानमा फ्रान्स रहेको अवस्थामा म्याक्रोनले भने, ‘मलाई लाग्छ हामीले खेलकुदमा कहिल्यै राजनीति गर्नु हुँदैन ।’

कतार विश्वकप आइतबार सुरु हुँदै छ । तर मानवअधिकार हनन, विदेशी कामदारमाथिको दुर्व्यवहारसहित विषयका कारण कतारले ठूलो आलोचना खेप्दै आएको छ । ‘यी विषयहरू विश्वकप आयोजना गर्न दिँदै गरिनुपर्थ्यो,’ एसिया प्यासिफिक इकोनोमिक कर्पोरेसन शिखर सम्मेलनमा सहभागी उनले बैंककमा पत्रकारमाझ भने । फ्रान्सका कप्तान हुगो लोरिसले युरोपका अन्य कप्तानहरूले जस्तै आफू भेदभाव विरोधी आर्मब्याड लगाएर प्रतियोगितामा नउत्रने जनाइसकेका छन् । उनी कतारलाई सम्मान देखाउन चाहन्छन् । कतारमा समलैंगिकता अवैध मानिन्छ । फ्रान्स सेमिफाइनल पुगेमा कतार जाने म्याक्रोनले बताए । फ्रान्सले २०२४ को ओलम्पिक आयोजना गर्दै छ ।

पेरिस र फ्रान्सका अन्य सहरमा विश्वकपका खेलहरू ठूला स्क्रिनमा नदेखाइने भएको छ । अन्य बेलामा फ्रान्समा प्रमुख प्रतियोगिताहरू सहरका विभिन्न भागमा देखाइने गरेको थियो ।

प्रकाशित : मंसिर २, २०७९ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×